महाविहार बही परम्परामा रहेका १६ वटा बहीहरु मध्ये महत्वपूर्ण बहीको रुपमा रहेको यस राजकीर्त्ति महाविहर मखनमा हालको सुरज आर्केड अगाडि रहेको छ।
पहिले दुगंबही परम्परामा रहेको १६ वटा सर्वसंघको बुद्धाचार्य गुरुजु भई काम गर्ने अधिकार समेत पछि मखंबहीले प्राप्त गरेको थियो। वि.सं. १९९० को महाभुकम्प पश्चात जिर्णोद्धार भई पूनः जिर्णोद्धार भइसकेको यस बहीको क्वापाद्यःमा पश्चिमाभिमुखी देवावतार रहेको छ। क्वापाद्यःमाथि पित्तलमा कुंडिएको धर्मधातु वागीश्वरको मूर्ति सहित पंचबुद्ध समेत रहेको छ।
बही परम्परामा बुद्धाचार्यभिषेक प्राप्त गरी बुद्धाचार्य भएका यस बहीका सर्वसंघ सदस्यहरुले पहिले गुभाजु राख्ने गरेकोमा अहिले वज्राचार्य नै राख्ने गरेको छ। बही परम्पराका अन्य महाविहार बही सर्बसंघ मध्ये स्वयम्भु बहिकाले बुद्धाचार्य राख्ने गरेको प्रायः अन्य बहीका सर्वसंघ सदस्यहरुले शाक्य राख्ने गरेको छ। आठवटा चिभा चैत्य समेत रहेको मखंबहीको बुद्धाचार्य गुरुजु हुने परम्परा हाल अन्य बहीहरुमा सरेको छ।
Among the 16 books in the Mahavihara Bahī tradition, this Rajkirti Mahavihar Makhan, which is an important baha, is located in front of the present Suraj Arcade.
Makhambahi also got the right to act as the Buddhacharya Guruju of the 16 Sarvasangha previously in the Dugambahi tradition. V.No. After the great earthquake of 1990, the Kvapadya of this book, which has been restored and re-restored, has a west-facing deity. Above Kvapadya, there is Panchabuddha along with statue of Dharmadhatu Vagishwar hanging in metal. In the Bahī tradition, the Sarva Sangh members of this Bahī who became Buddhacharyas after receiving Buddhacharya Vishek, used to wear Guvaju, but now they wear Vajracharya.
Among the other Mahavihara Bahī Sarba Sanghas of the Bahī tradition, Swayambhu Bahika holds Buddhacharya, while most of the other Bahī Sarba Sangh members hold Sakya. The tradition of Buddhacharya being Guruju of Makhambhai, which also has eight Chibha Chaityas, has now moved to other books.