तःमुगः बहाः (श्री रत्नाकार विहार), यट्खा, तमुग गल्ली : शाक्यभिक्षुहरु प्रव्रजीत हुने मञ्जुश्रीनक महाविहार (विकमाः बहाः) को सर्वसंघ सदस्यहरुले स्थापना गरेको तःमुगः बहाः (श्री रत्नाकर विहार) यतखाको एउटा गल्लीमा अवस्थित भएको हुँदा त्यस गल्लीको नामाकरण समेत तःमुगः गल्ली हुन पुगेको छ ।
दैनिक नित्यपूजाका साथ चैत्र महिनामा वार्षिक बुसाधं गर्ने प्रचलन रहेको यस बहाःको क्वापाद्यः पूर्वाभिमुखी अक्षभ्य बुद्ध रहेको छ।
ने.सं. ९९७ उल्लेखीत एउटा समेत जम्मा दुईवटा चिभा रहेको यस बहाःमा क्वापाद्यः ढोकामाथि बुद्ध (अक्षभ्य), धर्म (प्रज्ञापारमिता) र संघ (षदक्षरी लोकेश्वर) सहितको धातुको तोरण रहेको छ। साथै ढोकाको दाँया र बाँयामा सारीपुत्र र मौदगल्यायनका मूर्तिहरु समेत रहेका छन्।
परम्परा र प्रचलनमा इटुम्बहाःको कचाःबहाःको रुपमा रहेको यस तःमुगः बहाः विकमाः बहाः सर्वसंघले ने.सं. ९३२ मा किने पश्चात विकमाः बहाः अन्तर्गत रहन गएको थियो।
ने.सं. ६०७ मा इटुम्बहाः सर्वसंघका रत्नाकार विहार (तमगुरी) वसीत शाक्यभिक्षु श्री रुपदेव, श्री जय सिंहदेव र श्री पूनदेवले धर्मचित्त उत्पति भई महासिद्धा गुफा (बालाजु स्थित) मा चढाएको तायो बाट प्रमाणित हुने गर्दछ।
Thamugah Bahah (Sri Ratnakar Vihar), Yatkha, Tamug Galli: Established by the Sarva Sangh members of Manjushrinak Mahavihar (Vikmah Bahah), where Shakya monks migrated, Thamugah Bahah (Sri Ratnakar Vihar) is located in a street in Yatkha, so the name of that street has also become Tamugh Galli.
There is a statue of with east-facing Akshabhya Buddha in this baha. The tradition of annual ritual in the month of Chaitra along with daily early morning worship.
Nepal Sambat 997, including one mentioned in this baha, which has a total of two chibhas. We can see that above the door is a metal arch with Buddha (Akshabhya), Dharma (Prajnaparamita) and Sangha (Shadakshari Lokesvara).
There are idols of Sariputra and Maudgalayana on the right and left of the door.