इटुम्बहाःको कचाःबहाः धवल चैत्य विहार अन्तर्गतको बहाःको रुपमा यट्खा बहाःको ठूलो सेतो चिभा चैत्य रहेको छ ।
पूरानो स्वयम्भूको हुवहु आकार र क्षेत्रमा निर्मित चैत्यलाई काठे स्वयम्भू समेत भन्ने गरेको पाइन्छ । इटुम्बहाः सर्वसंघका एक बर्ज्राचार्य परिवार यस बहाःमा बसी दैनिक नित्यपूजा परम्परा चलाई आएको छ ।
अभय मुद्रामा बुद्धबाट धर्मदेशना भइरहेको र सात जनाले श्रवण गरिरहेको तोरण रहेको यस यट्खा बहाःमा उत्तराभिमुखी क्वापाद्यः रहेको छ ।
पाल्पाका राजा मुकुन्दसेनले आफ्ना सेना पठाई यस बहाःको मूर्तिहरु चोरेर लगेको अभिलेखन रहेको यस बहाःको ने.सं. ८३०, ८५९, ८९० मा विभिन्न जिर्णोद्धार कार्यका साथ चोरिएको मूर्तिहरु स्थानमा नयाँ मूर्तिहरु स्थापना गर्ने कार्यहरु भएको थियो ।
There is a large white Chibha Chaitya of Yatkha Bahah as a Bahah under Dhaval Chaitya Vihara.
Chaitya created in the same size and area of ancient Swayambhu is also called Kathe Swayambhu. The Barjracharya from Itumbaha family of Sarva Sangh has been living in this Bahaha and has been doing daily morning worship.
The Yatkha baha has a north-facing Buddha, with the toran being preached by the Buddha in abhaya posture and seven people listening.
There is a record of Palpa King Mukundasena sending his army and stealing the idols of this Bahaha. In 830, 859, 890, various restoration works were carried out with the installation of new statues in place of the stolen statues.